मोटरसाइकल चोरी गरेको अभियोगमा २२ वर्षीय आजाद पक्राउ — OSNepal

मोटरसाइकल चोरी गरेको अभियोगमा २२ वर्षीय आजाद पक्राउ

LC (KTM) June 30, 2021 0

पर्सा, १६ असार- मोटरसाइकल चोरी गरेको अभियोगमा पर्सागढी नगरपालिका-५ बस्ने २२ वर्षीय आजाद मियाँलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पर्सागढी नगरपालिका-५ स्थित चोकमा जाँच गर्नेक्रममा आजादलाई चाबी लगाउने लक भाँचिएको अवस्थाको ना.३९ प ३८२४ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त मोटरसाइकल सोमबार राति वीरगञ्ज महानगरपालिका-२८ बगही बस्ने कृष्ण शर्माको घरबाट चोरी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा पर्सागढी नगरपालिका-५ बस्ने रोज मोहम्मदको घरबाट असार ८ गते हराएको ना.२८ प १३३७ नम्बरको मोटरसाइकल समेत उनले चोरी गरी घरमा लुकाई राखेको खुल्न आएपछि प्रहरीले उनको घर तलासी गरी उक्त मोटरसाइकल समेत बरामद गरेको छ । आजाद उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर