ओलीको निणर्यले एकता अभियान सफल भएको निष्कर्ष निकालेका गौतम, सत्तापक्षको बैठकमा सहभागी हुने — OSNepal

ओलीको निणर्यले एकता अभियान सफल भएको निष्कर्ष निकालेका गौतम, सत्तापक्षको बैठकमा सहभागी हुने

LC (KTM) June 30, 2021 0

काठमाडौं १६ असार ।अन्तत नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री केपी ओलीले आह्रान गरेको बैठकमा सहभागी हुने भएका छन् । पार्टी एकताको लागि तटस्थ बन्दै आएका गौतमले सत्ता पक्षको आजको निणर्यले बेठकमा जाने भएका हुन् ।

गौतमले एकता अभियानको बैठक डाकी बैठकमा सहभागी हुने बताएका हुन् । एकता अभियाने सफलता प्राप्त गरेको निष्कर्ष निकालेका गौतमले अहिलेलाई बैठकमा सहभागी हुनेछौं, पछि जे गर्नुपर्छ गरौंला भनेका छन् ।

आफुपक्षीय कार्यकर्ताहरुसँगको बैठकमा गौतमले बैठकमा सहभागी हुन माधव नेपाललाई जानकारी गराउने बताएका छन् । नेपालले आफ्नो इच्छा अनुसार एमालेमै बस्ने या नयाँ दल खोल्न पाउने गौतमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर