काठमाडौं क्षेत्र नं ५ मा नेकपाका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पराजित भएका छन् । उनलाई नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पराजित गरेका हुन् । पौडेलले उपाध्यक्ष पोखरेललाई ५ हजार ६५ मतको भारी अन्तरले पाखा लगाएका हुन् ।
केहिबेर अघि सम्पन्न मतपरिणाम अनुसार पौडेलले १५ हजार २३७ मत प्राप्त गर्न सफल भएका छन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका पोखरेलले १० हजार १७२ मत ल्याए । तेस्रो स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टी देखियो ।
रास्वपाका डा. प्रणय शम्शेर राणाले ४ हजार १७९ प्राप्त गरेका छन् । पोखरेलको पराजय संगै एमालेले लाई ठुलै झट्का लागेको छ ।