इराकमा ग्यास ट्याङ्की विस्फोट हुँदा पाँच जनाको मृत्यु, ४० जना घाइते — OSNepal

इराकमा ग्यास ट्याङ्की विस्फोट हुँदा पाँच जनाको मृत्यु, ४० जना घाइते

LC (KTM) November 22, 2022 0

दोहुक,- उत्तरी इराकमा रहेको छात्रावासमा ग्यास ट्याङ्की विस्फोट भई आगलागी हुँदा पाँच जनाको मृत्यु हुनाका साथै ४० जना घाइते भएका छन् । सोमबार राति कुर्दिश सहर डोहुकमा रहेको विद्यार्थी आवासगृह र बेकरीमा रहेको भवनको छतमा रहेको ग्यास ट्याङ्की चुहिएर विस्फोट भएको हो ।

दोहुकका गभर्नर अली तातारले एएफपीलाई ग्यास चुहिएको जानकारी पछि प्रहरी उद्धारका निम्ति पुगे पनि विस्फोट रोक्न नसकिएको भन्दै उक्त घटना दुर्भाग्यपूर्ण भएको बताएका छन् । एक विद्यार्थी, एक बेकरी कामदार र आपत्कालीन सेवा दिन पुगेका तीन प्रहरीको मृत्यु भएको एकाइका उपनिर्देशकसहित, टाटरले बताएका छन् ।

इराकी कुर्दिस्तानमा एक साताभन्दा कम अवधिमा लिक्विफाइड पेट्रोलियम ग्यास ट्याङ्कीको यो दोस्रो विस्फोट थियो ।
गत बिहीबार सुलेमानियामा एलपीजी ट्याङ्की दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो ।सोमबारको मृत्यु पछि, अर्ध–स्वायत्त कुर्द क्षेत्रका अधिकारीहरूले घरेलु प्रयोगका लागि एलपीजी ट्याङ्कीहरूमा प्रतिबन्धको घोषणा गरेका छन् ।

दोहुक विस्फोट इराकको जीर्ण पूर्वाधार र कमजोर सुरक्षा मापदण्डलाई उजागर गर्ने पछिल्लो त्रासदीपूर्ण घटनाको रूपमा हेरिएको छ ।गत नोभेम्बर १५ र १७ मा बगदाद अन्तरराष्ट्रिय विमानस्थलमा दुईवटा आगलागी भएको थियो । त्यस्तै गत अक्टोबरको अन्त्यमा ग्यास ट्याङ्कर विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर