चितवनमा मालवाहक सवारीको ठक्करबाट पैदलयात्री वसन्तको मृ त्यु — OSNepal

चितवनमा मालवाहक सवारीको ठक्करबाट पैदलयात्री वसन्तको मृ त्यु

LC (KTM) June 30, 2021 0

चितवन, १६ असार – भरतपुर महानगरपालिका–१० घरेलु कार्यालय अगाडि बाइपास सडकमा मालवाहक सवारीले ठक्कर दिँदा एकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा भरतपुर–१२ कस्तुरी टोल बस्ने ७६ वर्षीय वसन्तबहादुर लिम्बू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार आज बिहान ७ः३० बजेको समयमा विराटनगरबाट काठमाडौँका लागि बिस्कुट लोड गरी जाँदै गरेको ना६ख ४९२३ नंको डिब्बा गाडीले लिम्बूलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते लिम्बूको भरतपुर अस्पतालमा उपचारका क्रममा ७ः५५ बजे मृ त्यु भएको हो ।

दुर्घटनापछि फरार रहेको उक्त सवारीलाई भाग्दै गरेको अवस्थामा केन्द्रीय बसपार्कबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सवारी साधन र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जनाइएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर