पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५९७ जनाले जिते कोरोना, ४१ जनाले गुमाए ज्यान — OSNepal

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५९७ जनाले जिते कोरोना, ४१ जनाले गुमाए ज्यान

LC (KTM) June 30, 2021 0

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको हो ।

११ हजार ५६८ जनामा परीक्षण गर्दा २८९२ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि मंगलबार २६३६ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ ।

मृतकको संख्या ९ हजार ११२ पुगेको छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३८ हजार ८०५ (पीसीआर) र ३४ हजार ९४४ (एन्टिजेन) जना पुगेको छ । सो दिन ११ हजार ७४८ जनाको परीक्षण भएको थियो । त्यस्तै सोही अबधीमा ३ हजार ५९७ जनाले कोरोना जितेका छन् । यो सँगै कोरोना जित्नेको संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर