बलिउडमा खरो स्वभावको रुपमा रहेकी नायिका कंगना रनावत कुनै न कुनै कारण चर्चामा छाईरहने गरेकी छिन् । हालै उनी आफ्नो पासपोर्टका कारण चर्चामा चुलिएकी छिन् । उनको पासर्पाेट नबिकरण नभएकोे भन्दै आक्रोशीत भएकी थिईन् ।
तर अब भने उनलाई ढुक्क भएको छ । उनले आफ्नो पासपोर्ट हात पारेकी छिन् । कंगनाले फिल्म धाकडका निर्देशक रजनीश घई संगको फोटो शेयर गर्दै यो कुराको जानकारी दिएकी हुन् ।
कंगनाले यस्तो लेखिन् पोष्ट :
फोटोमा नायिका मुस्कुराई रहेको देख्न सकिन्छ । उनले घइ संगको फोटो शेयर गर्दै लेखेकि छिन्– मलाई पासपोर्ट मिलेको छ । सबैको चिन्ता तथा शुभकामनाका लागि धन्यबाद । चीफमा चाँडै तपाई सबैको साथमा हुनेछु ।
कंगनलाई आफ्नो फिल्म धडकको शुटिंगको लागि बुडापेष्ट जानु पर्ने थियो । त्यसकारण उनको पासपोर्ट रिन्यु गराउन थियो । उनको पासपोटै सेप्टेम्बरमा समाप्त हुदै थियो । तर उनका बिरुद्ध देशद्रोहको मुद्धा चलिरहेको भन्दै पासपोर्ट बिभागले रिन्यु गर्न अस्विकार गरेको थियो ।