मस्र्याङ्दी नदीमा आएको भीषण बाढीले झोलुङ्गे पुल बगायो ,मनाङको तल्लो पिसाङ जोखिममा — OSNepal

मस्र्याङ्दी नदीमा आएको भीषण बाढीले झोलुङ्गे पुल बगायो ,मनाङको तल्लो पिसाङ जोखिममा

LC (KTM) June 30, 2021 0

मनाङ, १६ असार- मस्र्याङ्दी नदीमा आएको भीषण बाढीले ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित झोलुङ्गे पुल बगाएको छ । पुल बगाएपछि माथिल्लो पिसाङ र तल्लो पिसाङको आवतजावत विच्छेद भएको छ ।बाढी पहिरोले शुरुवातमा मनाङको तल्लो भागमा क्षति पु¥याएको भएपनि निरन्तर वर्षा हुन नरोकिएपछि माथिल्लो भागतर्फ क्षति हुने क्रम बढेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । “बाढीले पहिले मनाङको तल्लो भागमा क्षति पु¥याएको थियो, अहिले माथिल्लो भागतर्फ सरेको छ । विपद्लाई रोक्न नसकिने रहेछ”, उहाँले भन्नुभयो, “निरन्तर वर्षा पनि भइरहेको छ, माटो गल्दै गएपछि पहिरोको जोखिम बढेको छ, बाढी पहिरोले केही बस्ती बस्ने ठाउँहरु बगाइसकेको छ भने केही भाग अति जोखिममा छन् ।”

माथिल्लो पिसाङ र तल्लो पिसाङ जोड्ने एक मात्र पुल बाढीले बगाएपछि एकापसमा सम्पर्क तथा आवतजावत रोकिएको ङिस्याङ गाउँपालिका—१ का वडाध्यक्ष भुजुङ गुरुङले जानकारी दिनुभयो । उहाले भन्नुभयो, “जनताको सुरक्षाको व्यवस्थापन गर्नुपर्ने अभिभावक भएकोले केहीलाई सुरक्षित गराउनुपर्ने जिम्मेवारी एकातिर छ भने अर्कोतर्फ मेरै घर बाढीले आधा तानिसकेको छ ।”

पिसाङको पुल क्षेत्रका १० घरपरिवार विस्थापित भएको ङिस्याङ गाउँपालिका—१ का वडासचिव पशुपति अधिकारीले जानकारी दिनुभयो । जोखिममा परेका ती घरपरिवारलाई माथिल्लो पिसाङमा सारिएको र त्यस क्षेत्रका सबै घरहरु जोखिममा रहेको उहाँको भनाइ छ । बाढीको जोखिम बढ्दै गएपछि मनाङवासी त्रसित भएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर