बलिउडकी अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसको ग्लोबल्ली हेर्ने हो भने एकदमै राम्रो फ्यान फलोईङ रहेको छ । उनीहरुको ब्यक्तिगत कुराहरु पनि धेरै जसो बाहिर आईरहेको हुन्छ । उनीहरु दुबै जना सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गरेका छन् ।
तर हालै प्रियंकाले एउटा कुरामा असन्तुष्टि जनाएकी छिन् । उनले ब्यवसायिक प्राप्तीलाई बेवास्ता गर्दै आफ्नो ब्यक्तिगत जिवन संग जोडिएका कुरा सबैको गसिपको बिषय बन्ने गरेकोमा उनले रिस उठ्ने उनले जनाएकी छिन् । उनी यो कुरा संग सहमत छिन् कि उनको जिवन ज्यादा सार्वजनिक न हुनुको कारण बाट उनको नीजि जिन्दगीलाई लिएर सबैले चासो राख्ने गरेका छन् ।
उनले आफ्नो ब्यवसायिक जिवन र ब्यक्तिगत जिवन अलग कुरा रहेको बताउँदै दुबैलाई सन्तुलित बनाएर लैजान एकदमै कठिन कार्य रहेको बताउँछिन् । उनी आफ्नो ब्यक्तिगत जिवन बारे खासै नबोले पनि उनले आफु र आफ्नो पति बारे आफ्नै खालको धारणा बनाएकी छिन् । उनी यस कुरामा खुशी छिन् कि उनको पति निक र आफ्नो प्रतिभा अलग अलग छ र आफुहरु एक अर्काको परिपुरक समेत भएको उनी ठान्छिन् ।
उनले आफुहरु दुबैले एक अर्कालाई परिभाषित गर्ने कोशीस कहिल्यै नगर्ने गरेको बताएकी छिन् । तर मिडियाले भने एक अर्कालाई बेग्ला बेग्लै रुपमा परिभाषित गर्न खोजेको प्रति उनलाई एकदमै नराम्रो लाग्ने गरेको बताउँछिन् । मिडियाले सधै उपलब्धिलाई नजरअन्दाज गर्दै गसिपमा ध्यान खिच्ने गरेको र यस्तो कुरा देखी आफुलाई रिस उठ्ने उनले बताएकी छिन् ।