काठमाडौँ १६ असार । नेकपा ९एमाले०मा पुर्व माओवादीका एमाले प्रवेश गरेका चार नेताहरुलाई स्थायी कमिटी सदस्य बनाइने भएको छ । आज बालुवाटारमा बसेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटीमा रुपान्तरण गरेको थियो ।
पुरानै स्थायी कमिटि सदस्यमा थप आठ जना थप्ने निणर्य गरेको बैठकले पुर्वमाओवादी तर्फबाट रामबहादुर थापा बादल ,टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र थापा रहेका छन् । नेकपा एमालेका तर्फबाट माधव नेपालका निकट वेदुराम भुसाल,विष्णु रिमाल, रघुवीर महासेठ र रघुजी पन्त रहेका छन् ।