पुष्पा २ को सुटिङ सुरु हुदै , अपडेट चाहियो भन्दै फ्यानहरुले मच्चाए हंगामा — OSNepal

पुष्पा २ को सुटिङ सुरु हुदै , अपडेट चाहियो भन्दै फ्यानहरुले मच्चाए हंगामा

LC (KTM) November 21, 2022 0

साउथ इन्डस्ट्रीका सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज’ ले बक्स अफिसमा ब्लक बस्टर बन्दै मनग्य पैसा कमायो । यो संगै सबै पात्र तथा चरित्रले पनि लोकप्रियता उत्तिकै कमाए । यो फिल्म २०२१ को सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बन्यो।

अल्लुले यही फिल्मबाट आफ्नो विशेष पहिचान बनाएका छन् । अब दर्शकहरु फिल्मको दोस्रो भाग ९पुष्पा २० को प्रतिक्षामा छन् । अल्लु अर्जुन पुष्पा द रुलको सुटिङको तयारीमा रहेको बताइएको छ । गत आइतबार फिल्मको लुक टेस्ट गरिएको थियो ।

सिनेम्याटोग्राफर मिरोस्लाभ कुबा ब्रोजेकले इन्स्टाग्राममा सेटको तस्बिर शेयर गरेका छन् । उनले क्याप्सनमा पनि लेखेका छन्, यो महिनाको अन्त्यबाट सुटिङ सुरु हुनेछ । तर अब फ्यानहरु पर्खन सक्दैनन्। पछिल्लो समय यो चलचित्रका फ्यानहरु सडकमा आएर चलचित्रकर्मीहरुलाई विशेष माग गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार अल्लु अर्जुनका फ्यानहरूको भीड देशका धेरै ठाउँमा सडकमा उत्रिएको थियो। मानिसहरूले फिल्मको टोलीसँग सिक्वेलको अपडेटको माग गरिरहेका छन्। फ्यानहरुले ‘हामीलाई ‘पुष्पा २’ मा अपडेट चाहिन्छ’लेखिएको ब्यानर बोकेका थिए । यसअघि अल्लु अर्जुनले पनि फ्यानहरूलाई पुष्पा २ को बारेमा रोमाञ्चक अपडेट दिएका थिए।

अभिनेताले एक कार्यक्रममा भनेका थिए, ‘मलाई थाहा छ तपाईहरु सबैले मसँग ‘पुष्पा २’ बारे अपडेट सोधिरहनुभएको छ । मसँग एउटा सानो अपडेट छ। यदि ‘पुष्पा १’ मा ‘ठग्घे ले’ थियो भने ‘पुष्पा २’ मा ‘अस्लु ठग्घे ले’ हुनेछ । अवश्य पनि, मलाई आशा छ कि सबै सकारात्मक हुनेछ। म उत्साहित छु, मलाई आशा छ यो उत्साहले तपाईलाई पनि छुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर