नेपालको सार्वभौमिकता, राष्ट्रियता र प्रजातन्त्र सुढृद गर्न राजसंस्था अपरिहार्य — OSNepal

नेपालको सार्वभौमिकता, राष्ट्रियता र प्रजातन्त्र सुढृद गर्न राजसंस्था अपरिहार्य

LC (KTM) June 30, 2021 0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले नेपालको सार्वभौमिकता, राष्ट्रियता र प्रजातन्त्र सुढृद गर्न राजसंस्थाको अपरिहार्यतालाई स्वीकार गर्नु पर्ने बताएका छन् ।‘सकारात्मक शान्ति, धर्म, सँस्कृति, परम्परा र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न राजसंस्थाको आवश्यकता देशव्यापी महसुस भएको छ । नेपालको सार्वभौमिकता, राष्ट्रियता र प्रजातन्त्रसमेत सुढृद गर्न राजसंस्थाको अपरिहार्यता स्वीकार गर्नु पर्ने अवस्था छ,’ राप्रपाका कार्यसम्पादन समिति सदस्य लावतीले भने ।

‘देशमा राजसंस्था चाहिएको छ, हिजो भएको गल्ती सच्याउनु परेको छ । विकसित घटनाक्रमले यही अवस्था चित्रण गरेको छ,’ उनले भने । ‘सुर्यलाई हत्केलाले कति दिन छेक्ने ?’एक टेलिभिजन कार्यक्रममा बोल्दै राप्रपाका युवा नेता लावतीले शान्ति प्रक्रियाको आरम्भबाटै संरचनागत त्रुटी भएको बताए ।

‘राजसंस्था अर्थात् दरबार, संसदवादी शक्ति र माओवादीबीच त्रिपक्षीय द्वन्द्व थियो । तर शान्ति प्रक्रियामा द्वन्द्वको एक पक्ष, राजसंस्थालाई समावेश गरिएन । सोही संरचनागत त्रुटीको प्रतिफल नेपालमा सकारात्मक शान्ति प्राप्त भएन,’ लावतीले भने ।सकारात्मक शान्ति, नयाँ नेपाल, समावेशिता, समृद्धि र पहिचान केही पनि बाचा गरे अनुसार पूरा नभएको उनको भनाइ थियो ।

राप्रपा महाधिवेशनको चर्चा गर्दै उनले संस्थापकहरुको योगदानको कदर गर्दै पार्टीलाई दीर्घजीवन दिनु पर्दछ, उनले भने । ‘यसैले विधिमा अडेर महाधिवेशनबाट विश्वनसीय नेतृत्व चयन गर्नु पर्दछ ।’राप्रपाको निरन्तरता र बृहत्तर हित मध्यनजर गर्दै, युवा र महिलालाई समेट्न पार्टीले कुनै कसर बाँकि राख्नु नहुनेमा उनको जोड थियो ।महाधिवेशनको सन्दर्भमा नेतृत्व हस्तान्तरणको बहस राप्रपा भित्र जारी रहेको स्वीकार गर्दै नेता लावतीले बहुसंख्यक युवा भएको देशमा, युवा उर्जाको यथेष्ट उपयोग र सम्मान हुनु पर्न जिकिर गरे । दोस्रो पुस्ताको बहसबाट पार्टी पछि फर्कने नसक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर