नवलपरासी पूर्व-दाउन्नेमा पहिरो गएपछि यातायात अवरुद्ध भएको छ । बर्दघाट–दुम्किवास खण्डको ध्यू खोलानजिक पहिरो खसेपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा बिहान ९ बजेबाट राजमार्ग अवरुद्ध भएको हो । विश्वकर्मा मन्दिरदेखि पूर्वतर्फ झरेको पहिरो पन्छाउने काम भइरहेको छ ।
पहिरो हटाउने काम भइरहेकाले गाडीहरू बर्दघाट र दुम्कीवासमा रोकिएको छ भने यात्रुके बिचल्ली भएको छ । लगातारको वर्षाले दाउन्नेको ठाउँठाउँमा पहिरो खसेका कारण राजमार्गको यात्रा जोखिमपूर्ण बनेको बताइएको छ ।
बर्दघाटसँग समन्वय गरेर पहिरो हटाउने र यातायात सुरु गर्ने काम भरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सई प्रेम पोखरेलले बताए ।