तनहुँ -तनहुँ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेमध्ये हालसम्म उक्त सुरुङ निर्माण गरेको हो । पावर हाउसअन्तर्गत सुरुङ निर्माण कार्यमा चार सय पचहत्तर जना जनशक्ति परिचालन गरिएको सेफ्टी हेल्थ एण्ड वातावरण शाखाका प्रतिनिधी सन्तोष तिवारीले जानकारी दिनुभयो । डयाम साइडबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अघि बढाइने छ । उहाँले भन्नुभयो ‘आयोजनाले चौविसै घण्टा निर्माण कार्यलाई अघि बढाएको छ ।’ प्याकेज २ अन्र्तगत १,२ र ३ को पावरहाउस जाने टनेलको सबै कार्य सम्पन्न भैसकेको छ ।
जिल्लाको ऋषिङ्ग गाउँपालिका–१ झापुटारमा निर्माणधीन १४० मेगावाट विद्युत् उत्पादन कार्यका लागि निर्माण कार्यलाई तीब्रता दिइएको छ ।
पानी निस्कने सुरुङको ढलान कार्यका लागि स्टील फर्म वक्स भैरहेको आयोजनाका सहायक निर्देशक भोजराज पोख्रेलले जानकारी दिनुभयो । उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ । त्यसैगरी,प्याकेज दुई अन्तर्गतको विद्युत्गृह खन्ने काम समेत सम्पन्न भैसकेको छ ।
आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत््गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको उहाँले बताउनुभयो ।सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाई भएको भूमिगृत विद्यृत्गृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जनाएको छ । विद्युत््गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टबाट सुरु भएको हो ।
सिनोहाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरिसकेको छ । २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ निर्माण कार्य पनि सम्पन्न गरेको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युत्ीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रु.पचास करोड पचास लाख अमेरिकी डलरको लागि एडीबीको रु.पन्ध्र करोड लगानी रहेको छ ।
त्यसैगरी,जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले रु.अठ्ठार करोड चालिस लाख, युरोपियन लगानी बैंकले रु.आठ करोड पचास लाख र नेपाल सरकार÷नेपाल विद्युत्् प्राधिकरणले रु.आठ करोड साठी लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।