अब सरकारी अस्पतालबाट मात्रै कोभिडको निःशुल्क उपचार गरिने, नयाँ नियम आजबाट नै लागू हुने — OSNepal

अब सरकारी अस्पतालबाट मात्रै कोभिडको निःशुल्क उपचार गरिने, नयाँ नियम आजबाट नै लागू हुने

LC (KTM) June 30, 2021 0

काठमाडौं । आजदेखि सरकारी अस्पतालबाट मात्रै कोभिडको निःशुल्क उपचार हुने भएको छ ।सरकारले कोभिड संक्रमितको निःशुल्क उपचारका लगि सम्झौता गरेका मेडिकल कलेजहरुलाई कोभिड अस्पतालको सूचीबाट हटाएसँगै बुधबारुदेखि नै सरकारी अस्पतालबाट मात्रै कोभिडको निःशुल्क उपचार हुने भएको हो ।

साथै सरकारले मेडिकल कलेजहरुलाई आजसम्म भर्ना भएकाहरुको आजकै मितिले १० दिनसम्मको सोधभर्ना रकम उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजदेखि भर्ना भएका कोभिड संक्रमितको उपचार गरेबापतको सोधभर्ना रकम उपलब्ध गराइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर