राजीनामा दिने विषयमा नेपाल गरे कानुनविदसँग परामर्श — OSNepal

राजीनामा दिने विषयमा नेपाल गरे कानुनविदसँग परामर्श

LC (KTM) May 13, 2021 0

काठमाडौँ ३ं० बैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले कानुनविदसँग छलफल गरेका छन् । आफ्नो समुहका सांसदहरुल सामुहिक राजीनामा दिँदा त्यसबाट पर्ने असर र प्रभावको विषयमा छलफल गर्न नेपालले आज अधिवक्ताद्वय टीकाराम भट्टराई र गोविन्द बन्दीसँग भेटेर तथा बरिष्ठ अधिवक्ता शम्भु थापासँग टेलिफोनमा संवाद गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन संविधानको धारा ७६ ९२० दिएको समयसिमा आज सकिनै लाग्दा शिर्ष नेताहरुले छलफललाई तिव्रता दिएका छन् ।सुझावमा एक अधिवक्ताले भने तत्काल राजीनामा दिनु उपयुक्त नभएको बताएका बुझिएको छ । जनता समाजवादी पार्टीसँग कुरा नमिल्दा कांग्रेसल नेपाल समुहलाई गठबन्धनको सरकार बनाउन छलफललाई अगाडी बढाएको छ । नयाँ सरकारको विषयमा आज टुगो नलागे पुन ओली नै प्रधानमन्त्री हुने पनि पक्का रहेको छ ।

आज बसेको स्थायी कमिटिको बैठकले नेपालसहित चार नेतामाथि गरिएको कारवाही फुकुवा गरेपछि एमाले अब विभाजन हुनबाट रोकिन्छ कि भन्ने विषय महत्व बनेको छ । नेपाल सुमहको माग अ‍ोलीले पुरा गरे नेपाल समुह कांग्रेसलाई छोडी पुन आफ्नै पार्टी एकता बचाउन जाने निश्चित हुँदा आजको यो दिन नेपाली राजीनितिको लागि महत्वको दिन बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर