सिरहामा असार ३१ गतेसम्म निषेधाज्ञा थपियो,सैलुन र होटलबाहेक सबै पसल खोल्ने — OSNepal

सिरहामा असार ३१ गतेसम्म निषेधाज्ञा थपियो,सैलुन र होटलबाहेक सबै पसल खोल्ने

LC (KTM) June 30, 2021 0

सिरहा- सिरहामा निषेधाज्ञाको समय १६ दिन थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञाको समय असार ३१ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले असार १५ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएकामा जोखिम अझ कम नभएकाले निषेधाज्ञालाई असार ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ । यद्यपि स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी निषेधाज्ञाका बेला सैलुन र होटलबाहेकका पसल, व्यवसाय बिहान ९ देखि दिउँसो १ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ कँणेलले बताउनुभयो । सिरहामा गत वैशाख २३ गतेदेखि निरन्तर निषेधाज्ञा जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर