प्रचण्डलाई धोका दिएर केपीको पछि लागेका बादललाई लाग्यो अहिलेसम्मकै कडा झड्का — OSNepal

प्रचण्डलाई धोका दिएर केपीको पछि लागेका बादललाई लाग्यो अहिलेसम्मकै कडा झड्का

LC (KTM) June 30, 2021 0

पुस ५ पछि एमाले बनेका रामबहादुर थापा (वादल) हरु एमाले नै हुन् कि हैनन् भनेर वैधानिकता खोजियो, कोही रिट लिएर अदालत गयो र अदालतले विधानका धारा, दफा केलाउँदै फैसला ग¥यो भने के होला ?

एमालेको विधानले त प्रष्टै भन्छ, बादलहरु एमाले भैसकेका छैनन् । कसरी भने, ०७५ जेठ २ गतेसम्मको नेकपा एमाले केन्द्रीय कमिटीमा २ सय ३ जना सदस्य थिए । धारा ६५ को उपधारा ५ र ६ अनुसार पदाधिकारी थप्दा राष्ट्रिय प्रतिनिधि परिषद्को अनुमोदन चाहिन्छ ।

पदाधिकारीको हकमा सम्बन्धित कमिटीले पहिला कार्यवाहक बनाउने र सम्बन्धित तहको प्रतिनिधि परिषद्ले उक्त पदमा निर्वाचित गर्ने हो । तर, बादलहरु यी कुनै पनि प्रक्रियाभित्र एमालेको कमिटीमा छिरेका छैनन् ।यो समाचार जनआस्था साप्ताहिकमा छ ।

त्यसैले उनीहरुका विरुद्ध कोही अदालत गयो भने मन्त्रीजसरी नै पार्टीको पद पनि जान्छ । किनभने, २ सय ३ सदस्यीय केन्द्रीय कमिटीको दुई तिहाई भनेको १ सय ३२ जना हो । फागुन २३ मा एमाले व्युँतिएपछि २८ गते बसेको बैठकमा साविक एमालेका दुई तिहाई केन्द्रीय सदस्यको उपस्थिति थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर