काठमाडौँ । २०५६ सालको संसदीय निर्वाचन, २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पर्वतबाट विजयीको ‘हृयाट्रिक’ गरेका कांग्रेस नेता हुन् अर्जुनप्रसाद जोशी ।
अहिलेसम्म हेभीवेट नेता नपाएको जिल्लाको ट्याग लागेको पर्वतको विकाश गर्न भन्दै जोशी, एमाले नेता पदम गिरीसहितका नेता चुनावी मैदानमा छन् । जोशीका लागि यो पटक भने गठबन्धनको भरोसा छ ।
अघिल्लो पटक गिरीसँग रहेको माओवादी यो पटक जोशीको साथमा छ । अझै साथमा छ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पार्टी पनि । सत्ता गठबन्धनको बलमा उनी गिरीसँग पराजयको बदला लिन चाहन्छन्, यो पटक ।
चुनावी चटारोका समयमा हामीले नेता जोशीलाई अहिले घरदैलो गर्न भ्याई नभ्याई छ । मंगलबार कटुवाचौपारीको घरदैलोका क्रममा नेता जोशीले मोदी खोलामाथिको पक्की पुल पर्वतवासीका लागि अत्यावश्यक रहेको बताएका छन् । उनी भन्छन् जसको निर्माणले कुश्मा नगरपालिकाको समृद्धि र विकासका लागि ठूलो टेवा पुग्ने भएकाले हामीले उक्त पुल निर्माणमा पूर्ण रुपमा पहल गनेछौँ ।