काठमाडौं ।
बरिष्ठ अभिनेता हरिवंश आचार्य आजबाट ६४ वर्षमा लागेका छन् । जन्मदिनको अवसरमा बिहानैदेखि उनलाई जन्मदिनको शुभकामनाको ओइरो लागिरहेको छ ।
हलमा चलिरहेको फिल्म ‘महापुरुष’का मुख्य कलाकार समेत रहेका हरिवंश ‘महापुरुष’मा पिता बनेका बेला बक्स अफिसमा फिल्मको प्रस्तुतिले पनि हरिवंशको स्टारडम झन् झन् उचाईतर्फ धकेलीरहेको छ ।
पुरानो र नयाँ दुवै पुस्तामाझ हरिवंशको क्रेज अहिले पनि लोभलाग्दो छ । यस्तो क्रेज कमै सेलिब्रिटीलाई प्राप्त हुन्छ ।
यो बहुआयामिक स्टारडमको प्रभाव महापुरुषको बक्स अफिसमा स्पष्ट देखियो । हरिवंश अभिनित फिल्महरु लोभीपापी, फिलिम, राजामती, शिलु, बलिदान, जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस् नि बद्री हिट छन् ।
उनी अभिनित फिल्म बलिदानलाई नेपाली फिल्म इतिहासमै अब्बल मानिन्छ । उनको पछिल्लो फिल्म महापुरुष हेर्नेहरु सबैले उनलाई हिरो भन्दै सम्मान ब्यक्त गरिरहेका छन् ।