५० यात्रु बोकेर सल्यानबाट नेपालगन्ज जाँदै गरेको यात्रुवाहक बस दाङमा पल्टियो — OSNepal

५० यात्रु बोकेर सल्यानबाट नेपालगन्ज जाँदै गरेको यात्रुवाहक बस दाङमा पल्टियो

LC (KTM) June 29, 2021 0

काठमाडौँ । दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् । राप्ती राजमार्गको तुलसीपुर उपमहानगरपालिका–३ लाहुरेचौरमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाउको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सल्यानबाट नेपालगन्ज जाँदै गरेको रा १ ख २४३९ न बस सडकबाट करिब २५ मिटर तल खसेको छ । स्रोतका अनुसार बसमा ५० भन्दा बढी यात्रु सवार थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइते हुनेहरूमा छत्रेश्वरी गाउँपालिका २ बस्ने २० वर्षीय अर्जुन नेपाली, सोही ठाउँका वृद्धिमान पुन, दार्मा गाउँपालिका वडा न ३ का ५९ वर्षीय हस्त बुढाथोकी, छत्रेश्वरी गाउँपालिकाकी २५ वर्षीया जुनु योगी रहेका छन् ।

थ्यस्तै सल्यान शारदा नगरपालिका २ बस्ने १९ वर्षीय अङ्कित वली, वडा न २ कै १३ वर्षीय तुलसाराज जिएम, यस्तै बाँके फत्तेपुर ६ का ४ वर्षीया जुनिसा नेपाली, सोही ठाउँका २४ वर्षीया शारदा नेपाली, र तुलसीपुर उपमहानगरपालिका ५ रानीजरा बस्नेत ३१ वर्षीया पार्वती केसी रहेका छन् । दुर्घटको थप विबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर