स्याङ्जामा असार २५ सम्म निषेधाज्ञा थपियो — OSNepal

स्याङ्जामा असार २५ सम्म निषेधाज्ञा थपियो

LC (KTM) June 29, 2021 0

स्याङ्जा-स्याङ्जामा यही असार २५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आज सूचना जारी गर्दै यस अघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार २५ गतेसम्म कायम रहने जनाएको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी सूचनामा गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेकोले निषेधाज्ञा थप गरिएको हो ।

नेपाल वायुसेवा निगमले अन्तरराष्ट्रिय क्षेत्रमा हुलाकका चिठ्ठीपत्र ओसार प्रसार गर्ने – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तरराष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार गर्ने भएको छ । उक्त सेवा सञ्चालन सम्बन्धी निगम र हुलाक सेवा विभागबीच आज सम्झौतामा हस्ताक्षर भएको निगमले विज्ञप्ति मार्फत जनाएको छ । सम्झौतामा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विभागका तर्पmबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गर्नु भएको थियो ।

सन् २०२१ जुलाई १ देखी लागू हुने सो सम्झौता अन्तर्गत विभागले सेवा प्रदान गर्ने र निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगम मार्फत मात्र सामान तथा चिठ्ठीपत्र ढुवानी हुनेछन् । यसअघि विभागले विभिन्न विदेशी हवाई कम्पनी मार्फत सो काम गराईरहेको थियो । यो सेवाबाट विदेशी हवाई सेवा कम्पनीलाई भुक्तानी भइरहेको करोडौं रुपैया देश भित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ । निगमले विभिन्न सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान गर्दै आएको छ । हाल दुई वाइड बडी र दुई न्योरोबडी जहाज मार्फत उडान भइरहेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर