केन्याली शान्ति सैनिक कङ्गो अवतरण — OSNepal

केन्याली शान्ति सैनिक कङ्गो अवतरण

LC (KTM) November 12, 2022 0

केन्याली सैनिक शनिबार पूर्वीप्रजातान्त्रिक गणतन्त्र कङ्गोको गोमा शहरमा अवतरण गरेका छन् । एएफपी संवाददाताले बताएअनुसार समस्याग्रस्त क्षेत्रमा शान्ति स्थापना गर्ने उद्देश्यले उनीहरू त्यहाँ पुगेको बताइएको छ ।

केन्याको संसद्ले यस हप्ता कङ्गोमा ९०० भन्दाबढी सेना तैनाथ गर्न अनुमोदन गरेको थियो । हाल त्यस क्षेत्रमा एम–२३ विद्रोही समूहको पुनरुत्थानले क्षेत्रीय तनाव बढाएको छ ।

यो पनि पढनुहोस:मध्य सोमाली क्षेत्रमा १२ विद्रोही मारिए- सोमाली राष्ट्रिय सेनाले शुक्रबार मध्य सोमालियाको हिरान क्षेत्रमा गरेको प्रतिआक्रमणमा अल-शबाबका १२ जना लडाकूहरूलाई मारेको एक अधिकारीले बताएका छन् ।रक्षा मन्त्रालयका प्रवक्ता अब्दुल्लाही अली अनोदका अनुसार सेनाले बुरदार क्षेत्रमा रहेको सैन्य शिविरमा आतङ्ककारीहरूले आक्रमण गर्ने बारे पूर्व सूचना प्राप्त गरेको र त्यसलाई विफल बनाउँन प्रतिआक्रमण गरेको थियो।

बुर्दार क्षेत्रमा आक्रमणको क्रममा घाइते भएका तीन जना सैनिकहरूलाई अस्पतालमा भर्ना गरिएको अलीले सोमाली नेशनल न्युज एजेन्सीलाई बताएका छन् । हाल त्यस क्षेत्रमा आक्रमणकारीहरूको खोजी गर्नका लागि सेनाले ठूलो अभियान चलाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर