अष्ट्रेलियामा रहेको नेपाली समुदायले गर्यो 'हाम्रो बाल संरक्षण धरोहर नेपाल'लाई २ लाख नगद सहयोग — OSNepal

अष्ट्रेलियामा रहेको नेपाली समुदायले गर्यो ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’लाई २ लाख नगद सहयोग

LC (KTM) November 11, 2022 0

काठमडौँ । अष्ट्रेलियामा रहेर लामो समयदेखि सक्रिय नेपाली समुदायले हाम्रो बाल संरक्षण धरोहर नेपाल बाल संस्थालाई नगद रु २ लाख रुपैयाँ सहयोग गरेको छ ।

नेपालीहरूको महान चाड तिहारको अवसर पारी अस्ट्रेलियामा रहेको नेपाली जन सम्पर्क समिती एन.एस.डब्लु (स्डनी) द्धारा देउसी भैलो कार्यक्रमको अवसर पारी भिन्दा भिन्दै  ठाउॅहरुमा नेपालीहरू माझ हर्ष उल्लासका साथ अष्ट्रेलियामा सहयोग उठाई उक्त संस्थालाई हस्तान्तरण गरिएको हो ।

जसमा जे , एसएस, अष्ट्रेलिया र रक्डेल बाईज नाम गरेका सिडनीका युवा समुहहरुले दौंशी भैलो कार्यक्रमको सबै ब्यवसथापन मिलाएसँगै धापासी काठमाडौँस्थित हाम्रो बाल धरोहर नेपाल संस्थाका अनाथ बालबालिकाहरूलाई उक्त रकम उपलब् गराइएको हो । सो समुहले बिभिन्न चाडपर्वहरुको अवसरपारी अष्ट्रेलियामा बस्ने नेपाली समुहहरुलाई विभिन्न कार्यक्रमहरू आयोजना गरी नेपाली समुदायहरूलाई मनोरन्जन कार्यक्रमहरु संचालन गर्दै आईरहेका छन्।

यस समुहले नेपालबाट अस्टे्लिया पठन पाठन बिभिन्न कार्य गर्न गएका नेपाली जन समुदायहरूलाई बिभिन्न कार्यहरु आपतविपत समस्याहरूमा परेका बेला सहयोग गर्नुका साथै नेपालबाट अस्टे्लिया जाने नेपाली कलाकारहरू लगि स्टेज प्रोगामहरू गरी नेपाली प्रवाशीहरूलाई मनोरन्जन प्रदान गरी रहेका छन्।

उक्त समुहले संस्थाका बालबालिकाहरुको अध्यन अध्यापनको लागी शो रकम पठाएको र भविष्यमा पनि अझै सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् । सहयोग कार्यक्रमको संचालन रक्डेल ब्याईजका सुरज र शितल खाड गिरीले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर