नेपालमा पछिल्लो २४ घण्टामा ४३४८ जनाले जिते कोरोना, २० जनाले गुमाए ज्यान — OSNepal

नेपालमा पछिल्लो २४ घण्टामा ४३४८ जनाले जिते कोरोना, २० जनाले गुमाए ज्यान

LC (KTM) June 29, 2021 0

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ७४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट ७ हजार २५९ र एन्टिजेन विधिबाट ४ हजार ४८९ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३६ हजार ९१६(पीसीआर) र ३३ हजार ९४१ (एन्टिजेन) जना पुगेको छ ।

त्यस्तै सोही अबधीमा २० जनाको मृत्यु भएको छ । यो सँगै मृतकको कुल संख्या ९ हजार ७१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर