विजय थापा । द भ्वाईसकी होनहार १७ वर्षिया नेपालीमूलकी छोरी परिजिता बास्तोलालाई जिताउन वरिष्ठ लोक गायक प्रेमराजा महत सबैलाई आह्वान गरेका छन् । द भ्वाईसको २२ औ संस्करणमा नेपाली अमेरिकीरहरुको इतिहासमा पहिलो पटक प्रवेश पाई १६ औ प्रतिस्प्रद्धिमा रहेकी उनलाई जिताउन सबै लाग्नु पर्ने अनुरोध गरेका छन् ।
छोटो उक्त अङ्किय दृश्य(भिडियो)मा महतले बाल्टिमोर स्थित आफ्नै चमेना गृह नेपाल हाउसमा परिजितालाई निमन्त्रणा गरि शुभकामना दिएका छन् । उनले अग्रिम बधाई दिदै छोरीलाई जिताउन समेत अनुरोध गरे ।
उनले नेपाली छोरीले बिश्व तहल्का मच्चाएको हेर्न र देख्न पाउने छौ भन्दै एक मत दिन समेत उनले आग्रह गरेका छ । साथै परिजिता संग अभिभावकहरु समेत त्यहाँ उपस्थित भएका थिए ।