माल्टामा मृत्यु भएकी ढुंगेलको शव आर्थिक संकलन गरी नेपाल पठाइयो, गएको भोली पल्टै परेकी थिइन् बिरामी — OSNepal

माल्टामा मृत्यु भएकी ढुंगेलको शव आर्थिक संकलन गरी नेपाल पठाइयो, गएको भोली पल्टै परेकी थिइन् बिरामी

LC (KTM) November 10, 2022 0

माल्टा । माल्टामा मृत्यु भएकी इलाम सूर्योदयकी विनिता ढुंगेलको शव आज नेपाल पठाइएको छ ।माल्टा पुगेको भोलिपल्टदेखि नै थला परेकी उनको अस्पतालमा उपचारको क्रममा उनलाई डेंगु भउको पुष्टि भएको थियो ।

एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले माल्टामा रहेका नेपालीहरुसँग आर्थिक सहयोग संकलन गरी शव नेपाल पठाइएको बताए । उनको नेतृत्वमा माल्टामा रहेका नेपालीहरुबाट आर्थिक सहयोग संकलन गरिएको थियो ।

यस्तै माल्टाको कानुनी व्यवधान समाधानका लागि पनि पहल गरिएको थियो ।। एनआरएनकै पहलमा उनलाई एक महिनासम्म अस्पतालमा राखेर विनितको उपचार गरिएको थियो ।

माल्टमा रहेका नेपाली र कूटनीतिक पहल मार्फत् शव फिर्ता पठाउन सफल भएको अध्यक्ष अर्यालले बताए ।माल्टा पुगे पनि काम नथाल्दै मृत्यु भएकाले ढुंगेलको शव नेपाल फर्काउन आर्थिक र अन्य कानुनी समस्या परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर