विजय थापा – डा ह्यारी भण्डारी (विद्या वारिधि )दोश्रो पटक पुन :बिजयी भएका छन । अमेरिकामा नेपाली समुदायको ईतिहासमा मुलधारको राजनीतिमा खाता खोल्ने प्रथम नेपाली डा भण्डारी निर्वाचनमा दोश्रो पटक पनि बिजयी भएका छन् ।
उनले कूल १२,३४४ मत ल्याई पुन बिजयी भएका छन् । अझ पनि केही मतपेटिकाबाट आएका मतपत्र गन्न बाकि रहेता पनि उनलाई अफिसियल प्रोजेक्टेड विनर अर्थात् आधिकारिक उम्मेदवार बिजयीको रुपमा घोषणा भएको छ । र, उनले आफ्नो बिजयी स्वीकार गरि दोश्रो कार्यकालको लागि काम गर्ने अवसर पाएकोमा मतदाता र आफ्नो क्षेत्रका वासिन्दालाई धन्यवाद दिदै मन्तब्य समेत राखेका छन् ।
संघीय रुपमा आधिकारिक रुपमा घोषणा हुन् बाकी रहेको उनले आफ्नो बिजयी भाषणमा समेत उल्लेख गरे ।आफ्नो कार्यकालमाआफ्नो क्षेत्रमा उनले गरेको कामको उच्च मुल्यांकन गर्दै आखिरमा मेरिल्याण्ड चुनाव क्षेत्र ८ का जनताको विश्वासको कारण दोश्रो कार्यकालको लागि उनको जीत भएको छ ।
उनले मेरिल्याण्ड राज्यको बिधान सभा क्षेत्र ८ का लागि पुर्याएको उनको योगदानको कदर भएको छ र विजयी भएका छन् ।यस पटक अत्यधिक कडा प्रतिस्प्रद्धा रहेको भएता पनि डा भण्डारीले उनका प्रतिद्वन्दीलाई हराई अर्को ४ बर्षको लागि जनताको सेवाको लागि अर्को मौका पाएका छन् । मेरिल्याण्ड राज्यको राज्य बिधायक सदस्यका लागि उनि एक सशक्त उम्मेदवार थिए ।
उनलाई हराउन सशक्त रुपमा मेरिल्याण्डका रिपब्लिकनका गभर्नरका उम्मेदवार डान कक्स लागेका थिए । डा ह्यारी भण्डारी (विधा वारिधि) बिरुद्ध मेरिल्याण्डका रिपब्लिकनका ट्रम्पका कट्टर समर्थक गभर्नरका उम्मेदवार डान कक्सले चुनावी अभियानमा थुप्रै आरोप लगाएका थिए ।
डा भण्डारीको निर्वाचन क्षेत्रमा १ लाख २८ हजार भन्दा ज्यादा जन संख्या रहेको छ भने मतदाता मात्रै १ लाख भन्दा ज्यादा रहेका छन् ।नेपाली समुदायमा ईतिहास रचेका र पहिलो सांसद भएका भण्डारीले नेपाली समुदायलाई थुप्रै योगदान र सहयोग गरेका छन् ।
उनले चार वर्षमा अमेरिकाकै सबैभन्दा पुरानो संसदको तल्लो सदन मेरिल्याण्ड बिधान सभा (हाउस अफ एसेम्बेली)सदस्यको रूपमा १४ विधेयकलाई कानून बनाउन सफलता हासिल गरेका थिए ।
दशैलाई नेपालमा उत्पति भएको सांस्कृतिक चाडका रूपमा उल्लेख गरेर दशै विधेयक सदनमा प्रस्तुत गरेको र तल्लो सदनमा ऐतिहासिक दुईदलीय (बाइपार्टिसन) मतका साथ पारित गराएका थिए ।
मेरिल्याण्डमा भएको एक बन्दुक आक्रमणमा मारिएका नेपाली युवाका नाममा सागर घिमिरे बिधेयक (एक्ट)प्रस्तुत गरेका थिए । साथै उक्त क्षेत्रमा ५० बर्षको ईतिहासमा ३ वटा नया बिधालयहरु निर्माण गराउन भूमिका निर्वाह गरेका छन ।
कोभिड कहरको बेला नेपालमा औषधी र स्वास्थ्य सामग्री पठाउनेदेखि हजारौ नेपालीलाई बेरोजगार भत्ताका लागि मार्गप्रशस्त गरिदिएका थिए । धेरै नेपालीमुलका बिधार्थिहरुले पहिलो चोटी उनको कार्यालयबाट छात्रवृद्धि पाएका छन । अमेरिकामा दु:खद निधन भएका दुई दर्जनभन्दा बढी नेपालीको शव व्यवस्थापनको संयोजन गरि दिएका थिए ।नेपाली सांस्कृतिक सामाजिक केन्द्रका लागि लाखौ डलर राज्य कोषबाट अमेरिकाकै ईतिहासमा पहिलो पटक रकम नै छुट्याई दिएका थिए ।