ओली सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता पाण्डेले भने,एउटा दलमा बसेर अर्को दलमा समर्थन गर्न पाइँदैन — OSNepal

ओली सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता पाण्डेले भने,एउटा दलमा बसेर अर्को दलमा समर्थन गर्न पाइँदैन

LC (KTM) June 29, 2021 0

काठमाडौँ १५ असार । सरकारको प्रतिरक्षा गर्दै संसद विघटन विरुद्ध परेको रिटमा विपक्षीका तर्फबाट संवैधानिक इजलासमा बहस जारी छ । सरकारको प्रतिरक्षा गर्दै नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले राष्ट्रपति र प्रधानमन्त्रीको कदम कानुनसम्मत भएको तर्क अगाडी सारेका छन् ।

बहसका क्रममा एउटा दलमा बसेर अर्को दललाई समर्थन गर्न नपाइने बताएका पाण्डेले इजलासमा संविधान अनुसार दल फुटाउन पाइन्छ तर एउटा दलमा बसेर अर्को दलमा समर्थन गर्न नपाइने जिकिर गरेका छन् ।

कांग्रेस र माओवादीलाई प्रश्न गर्दै पाण्डेले भने, “कांग्रेस र माओवादी केन्द्रले आफ्नो दलमा अनुशासन लगाउने तर अर्को दलमा ह्विप लाग्दैन भन्न पाइन्छ ? संविधानले सबै ठाउँमा दलबाहेक केही भनेको छैन । ७६(५) मा पुगेपछि दल होइन भन्न पाइँदैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर