गण्डकी सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर — OSNepal

गण्डकी सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर

LC (KTM) November 08, 2022 0

गण्डकी – गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम २०६८ जेठ २९ मा गठन भई विभिन्न मितिमा हेरफेर तथा कार्यविभाजन भएको मौजुदा मन्त्रिपरिषद्मा मुख्यमन्त्रीको सिफारिसमा हेरफेर गरी कार्यविभाजन गर्नुभएको प्रदेश प्रमुखको कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ ।

मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन अनुसार यस अघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका हरिशरण आचार्य हालको मन्त्रिपरिषद्मा रहनुभएको छैन । उहाँले सम्हाल्नुभएको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगै राखिएको छ ।

अन्य मन्त्रालयको जिम्मेवारी भने पूर्ववत् मन्त्रीहरूकै जिम्मामा रहेको छ । यसअघि बिना विभागीयमन्त्रीमा नियुक्त हुनुभएका आचार्यले असार ११ मा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । उहाँ गत निर्वाचनमा गोरखा जिल्लाबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा विजयी बन्नुभएको थियो । अहिलेको निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका आचार्यले पछि उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर