काठमाडौ- दार्चुलाका ३ स्थानीय तहमा भने संक्रमितको संख्या शुन्य रहेको छ ।हाल कोरोनाका सक्रिय संक्रमित शुन्य रहेको स्वास्थ्य कार्यालयले दार्चुलाले जनाएको छ। दार्चुलाका अनुसार जिल्लाको मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका ,तथा नौगाड गाउँपालिमा तत्कालका लागि सक्रिय संक्रमित छैनन् । काठमाडौमा संक्रमितको संख्या थपिदै जाँदा दार्चुलाका ३ स्थानीय तहमा भने संक्रमितको संख्या शुन्य रहेको हो ।
यस्तै जिल्लाका अन्य ६ वटा स्थानीय तहमा ३३ जना अझै संक्रिय संक्रमित रहेको बताएका छन।स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटि सहर्जकर्ता सुजन बोहराका अनुसार अपि हिमाल गाउँपालिकामा १ जना महाकाली नगरपालिमा ५ जना दुहुँ गाउँपालिमा ८ जना व्याँस गाउँपालिकामा ५ जना मार्मा गाउँपालिकामा १० जना तथा शैल्यशिखर नगरपालिमा ४ जनना गरी ३३ जना अझै सक्रिय संक्रमित रहेका छन् । मंगलबार सम्म १ हजार ३६ जना भन्दा बढिमा कोरोना संक्रमित रहेको बताइएको छ।