चटयाङ लागेर पर्सामा तीन जनाको मृत्यु — OSNepal

चटयाङ लागेर पर्सामा तीन जनाको मृत्यु

LC (KTM) June 29, 2021 0

वीरगञ्ज १५ असार । चटयाङ लागेर पर्सामा तीन जनाको ज्यान गएको छ । आज बिहान परेको चटयाङ लागेर ज्यान गुमाउनेमा सखुवाप्रसौनी गाउँपालिका-४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली-१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी-३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारु रहकी छन् ।

खेतमा भैसी चराउन जाँदा दुइ जनाले चटयाङमा परी ज्यान गुमाएका हुन् , भने अर्को एक जना असरतोमीको भने खेतमा काम गर्ने क्रममा चटयाङमा परेर ज्यान गएको हो । चट्याङमा परि तीन जना भने सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार ४० वर्षीय राजबंशी महरा भने चटयाङ लागेर गम्भिर घाइते भएका छन् । उनलाई उपचारको लागि वीरगञ्ज ल्याइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर