भिटामिन सीको ठूलो स्रोत अमला खानुका अचम्मका फाइदा यस्ता छन् — OSNepal

भिटामिन सीको ठूलो स्रोत अमला खानुका अचम्मका फाइदा यस्ता छन्

LC (KTM) November 06, 2022 0

काठमाडौं – अमला स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वास्थलाई निकै फलदायि मानिन्छ । यसको सेवन प्राय जसो मानिसले गरेका हुन्छन् । यसको स्वाद अमिलो हुन्छ । यो रुखमा फल्ने एउटा फल हो । स्वास्थ्यका दृष्टिकोणले अमलालाई एकदमै लाभदायी फलका रूपमा लिइन्छ ।

अमिलो खान मन पर्ने मानिसका लागि यो एकदमै प्यारो फल हो । अमला भिटामिन सीको ठूलो स्रोत हो । यसलाई घरायसी औषधिका साथै आयुर्वेदमा पनि औषधिका रूपमा प्रयोग गरिन्छ । अमला सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्दछ ।भिटामिन सी शरीरका लागि अत्यावश्यक चिज हो । जसको कमीका कारण स्कर्भी, छालाको रोग, रक्तनली र मुटुको रोग लाग्ने सम्भावना हुन्छ । अमलाले भिटामिन सीको परिपूर्ति गर्छ ।

यसलाई भिटामिन सीको भण्डार नै मानिन्छ ।महिलामा हुने सेतो पानी बग्ने समस्याबाट छुटकारा पाउन अमलाको सेवन गर्नु एकदमै उत्तम हुन्छ । अमलाको ३ देखि ५ ग्राम धुलोलाई एक चम्चा महमा मिलाएर खाँदा समस्या केही हदसम्म कम हुन्छ । यसले पेट दुख्ने समस्याका लागि फाइदा पुर्याउँछ ।

अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई दैनिक प्रयोग गर्ने हो भने कब्जियत हुनबाट बचाउँछ । यस्तै, सुकेको अमलामा हर्रो र बर्रोको धुलो नियमित रूपमा पानीसँग मिसाएर खाँदा आउँ, अपच भएकालाई फाइदा हुन्छ । अमलाको चुर्णलाई पानीमा उमालेर कुल्ला गर्नाले दाँत बलियो हुनुका साथै चम्किलो पनि देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर