काठमाडौं-साउदी अरेबियामा कार्यरत १ सय ८ जना नेपालीको कोरोनाका कारण निधन भएको छ । कोरोनाबाट ८८ जना र वाणिज्य दूतावास जेद्दाका अनुसार २० जना गरी हालसम्म १ सय ८ नेपालीको मृ त्यु भएको नेपाली दूतावास रियादले जनाएको छ । कोरोनाले मृत्यु भई साउदीमा ४० भन्दा बढी श वको अन्त्येष्टि गरिएको छ भने ३५ जनाको श व नेपाल पठाउन बाँकी रहेको बताइएको छ ।
साथै, दूतावास रियादले १ हजार ९ सय १७ तथा वाणिज्य दूतावास जेद्दाले २८ जना नेपालीलाई स्वदेश फिर्ताका लागि बहिगर्मनको भिसा उपलब्ध गराएको छ। साउदीबाट हालसम्म ४२ हजार ९ सय ७८ जना नेपाली चार्टर्ड उडानबाट स्वदेश फिर्ता भएका छन्।
साउदीमा कोरोनाको असरले रोजगार गुमाएर अलपत्र परेका छुट्टीको तयारीमा रहेका र छुट्टी सकेर रोजगारका लागि फिर्ता हुने नेपालीहरूको दैनिकी अवस्थालाई मध्यनजर गर्दै साउदीमा रहेका एनआरएन, भ्रातृ संगठन तथा विभिन्न सामाजिक संघसंस्थाहरूले चार्टर्ड उडान बन्द गरी नियमित रूपमा उडान चालू गर्नुपर्ने माग गर्दै दूतावास, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायको ध्यानाकर्षण गदै विज्ञप्तिसमेत निकालेका छन्।