फ्रान्सका आशा गरिएका खेलाडी एम्बाप्पे पेनाल्टीमा चुक्दा स्वीट्जरल्याण्डसँग हार्यो फ्रान्स — OSNepal

फ्रान्सका आशा गरिएका खेलाडी एम्बाप्पे पेनाल्टीमा चुक्दा स्वीट्जरल्याण्डसँग हार्यो फ्रान्स

LC (KTM) June 29, 2021 0

फ्रान्सका आशा गरिएका खेलाडी एम्बाप्पे पेनाल्टीमा चुक्दा स्वीट्जरल्याण्डसँग हार्यो फ्रान्स, फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै स्वीट्जरल्यान्ड क्वाटरफाइनलमा

काठमाडौँ – युरोकप फुटबल अन्र्तगतको गएराती सम्पन्न खेलमा फ्रान्सलाई हराउँदै स्वीट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान सम्पन्न प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै स्वीट्जरल्यान्डले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा तर्फ मोडियो । फ्रान्सल पेनाल्टीमा पाएको शानदार अवसरलाई गोलमा परिणत गर्न नसक्दा फ्रान्स नकआउट चरणबाट बाहिरिन पुगेको छ ।

पेनाल्टीमा फ्रान्सका केलियन एम्बाप्पेले गोल गर्न नस्कदा स्वीट्जरल्यान्डले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम, प्रेसनल किम्पेम्बेले गोल गरे पनि आशा गरिएका खेलाडी एम्बाप्पे नराम्रोसँग चुक्दा फ्रान्स घर फर्किन बाध्य बन्यो ।

त्यस्तै स्वीट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास, एडमिर मेहमेदी पेनाल्टीमा गोल गर्दै टिमलाई क्वाटरफाइनलमा प्रवेश गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर