काठमाडा । पछिल्ला दिनमा प्रेम र रोमान्सका कारण चर्चामा आएकी सुन्दरी नायिका हुन् प्रियंका चोपडा । आँफुभन्दा धेरै समय कान्छा प्रेमी निक जोनससँग प्रेम विबाह गरेपछि उनको र्चा विश्भर चुलियो ।
तर हत्तपत्त ठूलो विबादमा नतानिने यी सुन्दरी अहिले आएर उनले सन् २००० मा जितेको मिस वर्ल्डको उपाधिका कारण विवादमा तानिएकी छिन् । उनलाई २२ वर्ष अगाडि मिलेमतोमा मिस वर्ल्डको उपाधि जितेको आरोप पूर्वमिस बार्बाडोस तथा युट्युबर लिलानीले लगाएकी हुन्। उनले प्रियंकासँग मिस वर्ल्ड २००० मा प्रतिस्पर्धा गरेकी थिइन्।
लिलानीले १ साता अघि प्रियंकाको नतिजासँग आपत्ति जनाउँदै २२ वर्षपछि प्रतियोगिताको क्रममा प्रियंकालाई विशेष अधिकार दिएको आरोप लगाएकी छिन् । अमेरिकामा मिस युएसए विवादमा रहेको मौका छोपेर यी सुन्दरीले सौन्दर्य प्रतियोगिता मिलेमतोमा हुने भित्री रहस्य खोल्न भ्याएकी छिन् ।
पूर्वमिस बार्बाडोस तथा युट्युबर लिलानीले तत्कालिन समयको रहस्य खोल्दै भनेकी छिन् त्यतिबेला प्रायोजक पनि भारतीय नै थिए। प्रियंका एक मात्र प्रतिस्पर्धी थिइन् जसलाई सारोङ (कम्मरमा बाँधिने स्कार्फजस्तै एक लुगा) लगाउन अनुमति पाएकी थिइन्। छालाको रंगलाई गोरो बनाउन कुनै क्रिम लगाएको कारण सारोङ बाँधेको जवाफ उनले दिएकी थिइन्। यसकारण उनले स्वीमसुट राउण्डमा सारोङ लगाएकी थिइन् ।
प्रियंकालाई विशेष अधिकार दिएको बताउँदै उनले अरु प्रतिस्पर्धीलाई भन्दा प्रियंकालाई सबै कुराले सजिलो पारिएको पनि बताइन् । कारण थियो उक्त समयमा प्रायोजक पनि भारतीय नै हुन्, उनले अगाडी भनेकी छिन् ।