काठमाडौं । रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको ‘क्रेज’ ललितपुर–३ मा पछिल्ला दि नमा बढ्दो छ ।
निर्वाचन आयोगले खारेज गरिदिएको उम्मेदवारी सर्वोच्च अदालतले थामिदिएपछि डा तोसिमा कार्कीको ‘क्रेज’ बढेसँगै माओवादी केन्द्रकी पम्फा भुसाल, र नेकपा एमालेका अमृत खड्कालाई दबाद थपिएको छ ।
मेडिकल काउन्सिलको सदस्य रहेको र त्यो लाभको पद भएको ठहर गर्दै आयोगले उनको उम्मेदवारी खारेज गरेपनि सर्वोच्चले थामिदिएपछि डा। तोसिमा कार्कीका सर्मथक त उत्साहित बनेकै छन् । तर अर्कातिर कतिपयले यस्ता युवाहरुको देशमा आवश्यकता भएको भन्दै बालेनकै शैलीमा उनले जित्ने दाब िगरेका छन् ।
बिहीबार साँझ तोसिमालाई शुभकामना दिन भन्दै ढोलाहिटी, सैंबु, भैंसेपाटीदेखिका केही मतदाता जाउलाखेल आउँदा उनको सर्मथनमा ठूलो भिड देखिएकाले पनि पम्फाहरु डराएको उनका सर्मत हरि लम्साल बताउँछन् ।
ललितपुर–३ मा ललितपुर महानगरपालिकाका वडा नं १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ वडा पर्छन् ।
शहर र गाउँको मिश्रण भएको ललितपुर–३ मा ७ स्वतन्त्रसहित २० उम्मेदवारमध्ये नेकपा एमालेका अमृत खड्का र सत्ता गठबन्धनको समर्थन पाएकी नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालबिच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।