आज पनि भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह — OSNepal

आज पनि भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

LC (KTM) June 29, 2021 0

काठमाडौं । नेपालमा भोलिबाट मनसुन थप सक्रिय हुने भएको छ ।जल तथा मौसम विज्ञान बिभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसारमनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहने हुनाले मनसुन सक्रिय हुने छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै मनसुन थप सक्रिय हुँदा प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेकोले सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले हाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर