काठमाडौँ । निलम्बित राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दा आज बिहीवार पनि हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस आज हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको छ ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस बुधबारदेखि प्रारम्भ भएको थियो । आज लामिछानेको तर्फबाट बहस सकिएको छ । उक्त मुद्दामा भोलि सरकारी पक्षलाई प्रतिवाद गर्ने मौका दिइनेछ । त्यसपछि अदालतले आदेश गर्नेछ । सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३०को देहाय ९घ०अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । संहिताको दफा २१९ को उपदफा ९३० देहाय ९घ०मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् भने पीडितले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् । लामिछानेविरुद्ध नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गर्दै आएका छन् ।
सन्दीपका कानुन व्यवसायीले पीडित किशोरी नाबालिग नभएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकिर गरेका छन् । भोलि ९शुक्रवार० पीडित किशोरी पक्षका वकिल र सरकारी वकिलहरूले बहस गर्नेछन् ।
आजको बहसपछि सञ्चारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताइन् । उनले पीडित भनिएकी किशोरीको अस्पतालको कागज र संशोधित जन्मदर्ता, बसाइँसराइको कागजबाट पनि किशोरी नाबालिका होइनन् भन्ने पुष्टि हुने दाबी गरिन् । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेको थियो ।