डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेका मिस अर्जेन्टिना र मिस पुर्टो रिकोले गरे विवाह — OSNepal

डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेका मिस अर्जेन्टिना र मिस पुर्टो रिकोले गरे विवाह

LC (KTM) November 03, 2022 0

काठमाडौं, कात्तिक १७ – अर्जेन्टिना र पुर्टो रिकोका दुई सुन्दरीले आपसमा विवाह गरेका छन्। मिस अर्जेन्टिना २०२० मरियाना भरेला र सोही वर्ष मिस पुर्टो रिको बनेकी फाबिओला भ्यालेन्टिनले गत अक्टोबर २८ मा विवाह गरेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।

डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेका २६ वर्षकी भरेला र २२ वर्षकी भ्यालेन्टिनले बिवाह गरेपछि यो जोडीलाई बधाइको ओइरो लागेको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूहरूले बिताएका प्रेमिल क्षणहरूको भिडिओ सेयर गर्दै उनीहरूले विवाह गरेको जानकारी दिएका हुन्।
यस अघि आफ्नो सम्बन्धबारे उनीहरूले कुरा बाहिर ल्याएका थिएनन् ।

सन् २०२० मा थाइल्यान्डमा भएको मिस ग्रान्ड इन्टरनेशनलमा उनीहरूबीच भेट भएको थियो। उक्त प्रतियोगिताको टप १० सम्म पुगेका दुबै जना त्यसपछि साथी बनेका थिए।अर्जेन्टिना र पुर्टो रिकोमा समलैंगिक विवाहलाई कानुनी मान्यता दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर