काठमाडौँको तारकेश्वरमा २२ करोड खर्च — OSNepal

काठमाडौँको तारकेश्वरमा २२ करोड खर्च

LC (KTM) November 03, 2022 0

काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा रु २२ करोड १७ लाख खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भौतिक पूर्वाधार, तलब, भत्ता, शिक्षा, स्वास्थ्यलगायतमा उक्त रकम खर्च गरेको हो ।

प्रशासनिक खर्च रु १३ करोड ६७ लाख ७६ हजार र पुँजीगत खर्च रु आठ करोड ४९ लाख रहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले कागजपत्र र प्रक्रिया मिलाएर आएका कुनै पनि भुक्तानी नगरपालिकाले नरोकेकाले वित्तीय प्रगती बढेको बताउनुभयो । “काठमाडौँभित्रका अन्य नगरपालिकाको तुलनामा तारकेश्वरले उत्कृष्ट वित्तीय प्रगति हासिल गरेको छ”, उहाँले भन्नुभयो ।तारकेश्वर नगरपालिकामा चालु आर्थिक वर्षको बजेट रु दुई अर्ब छ करोड रहेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित तारकेश्वर नगरपालिकामा ११ वडा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर