पेट्रोलियम खपत घटाउन कनकाईद्वारा विद्युतीय सवारी खरिद — OSNepal

पेट्रोलियम खपत घटाउन कनकाईद्वारा विद्युतीय सवारी खरिद

LC (KTM) November 02, 2022 0

बनियानी-झापाको कनकाई नगरपालिकाले विद्युतीय सवारी खरिद गरेको छ । बढ्दो पेट्रोलियम पदार्थको खपत घटाउन र विद्युत्को प्रयोग बढाउन नगरपालिकाले पहिलो चरणमा दुईवटा दुईपाङ्ग्रे विद्युतीय सवारी खरिद गरेको हो । बढ्दो इन्धन आयात घटाउन र विद्युत्को प्रयोग बढाउन विद्युतीय सवारी साधन खरिद गरिएको नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।

“विद्युत् उत्पादनमा नेपाल आत्मर्निभर बन्दै गएको छ”, उहाँले भन्नुभयो, “तर पनि समय अनुकूल विद्युत्को प्रयोग हुनु सकेको छैन, यसले विद्युत्को प्रयोग बढ्नाका साथै पेट्रोलियम पदार्थ प्रतिस्थापनमा सहयोग पुग्ने अपेक्षा छ ।” आफ्नै मुलुकमा उत्पादित ऊर्जालाई प्रयोग गरेर आफैँ समृद्धि बन्नेतर्फ स्थानीयस्तरबाट कदम चालिनुपर्ने उहाँको भनाइ छ ।

इन्धन खर्चलाई मितव्ययी बनाउन, वातावरण र ध्वनि प्रदूषण पनि कम हुने भएकाले कनकाई नगरले परीक्षणका लागि विद्युतीय मोटरसाइकल र स्कुटर खरिद गरेको नगरप्रमुख पोखरेलले बताउनुभयो । नगरले परीक्षणका लागि दुईवटा सवारी खरिद गरेसँगै कनकाईमै दुईवटा चार्जिङ स्टेसन निर्माण गर्ने तयारी गरिरहेको नगरपालिकाका योजना प्रमुख विवेक भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर