बुवा गुमाए, आमा लाई क्यान्सर भयो , एक रातमै मलाई अपराधी बनाईयो– रेपको आरोप लागेका कलाकार पर्लको मन दुख्ने कहानी — OSNepal

बुवा गुमाए, आमा लाई क्यान्सर भयो , एक रातमै मलाई अपराधी बनाईयो– रेपको आरोप लागेका कलाकार पर्लको मन दुख्ने कहानी

LC (KTM) June 28, 2021 0

नाबालिग लाई रेप गरेको आरोप लागेका टेलिभिजन एक्टर पर्ल बी पुरीको चर्चा हरेक ठाउँमा भईरहेको छ । पछिल्लो समय उनलाई १५ जुनमा वसई सेशन कोर्टले जमानतमा छोडिदिएको थियो ।

जेल बाट बाहिर निस्किने बित्तिकै उनलाई उनका समर्थकहरुले खुलेरै साथ दिईरहेका छन् । सामाजिक सञ्जालमा वि सर्पाेट पर्ल ट्रेण्ड एकदमै चलेको छ । यस सरगर्मीमा पर्लले आफ्ना समर्थक तथा शुभचिन्तकहरुलाई धन्यबाद दिएका छन् ।

पर्लले लेखे मार्मिक पोष्ट : 

पर्लले आफ्नो इन्ष्टाग्राममा एक पोष्ट लेखेका छन्– जिन्दगीले आफ्नै तरिका बाट परिक्षा लिदो रहेछ । केही महिना अघि हजुरआमा लाई गुमाए , उनको मृत्यु भएको १७ दिन पछि बुवालाई गुमाए , फेरी थाहा पाए आमालाई क्यान्सर भएको रहेछ । त्यसपछि झन् डरलाग्दो आरोप ।

पछिल्लो केही हप्ता मेरा लागि कुनै डरलाग्दो सपना भन्दा कम छैन । एकै रातमा मलाई अपराधी जस्तो महसुस गर्न मजबुर बनाइएको छ । त्यो पनि यो सबै आमाको क्यान्सरको उपचारका बीच । यसले म भित्र रहेको सुरक्षाको भावना तोडिदिएको छ । मलाई बिवश बनाईएको छ ।
उनले आफुलाई अहिले पनि केही बिल्कुलै शुन्य महसुस भईरहेको बताएका छन् ।

त्यसपछि उनले आफ्ना शुभचिन्तक र फ्यानहरु जसले आफुलाई धेरै माया दिएका छन् उनीहरुका लागि धन्यबाद दिएका छन् । उनले सत्यमेव जयते प्रति बिश्वास राखेको बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर