प्रेमीबाट विबाह अघि नै गर्भवती भएकी उषाले ७ वर्षसम्म विदेशमा रहेका पतिलाई ढाँटेर आफ्नो बच्चा लुकाइन्, बच्चा अनाथ हुने भन्दै अनिशले पर पुरुषबाट जन्मिएको बच्चालाई स्विकार्दै दिए असल बाबु बन्ने बचन, हेर्नुहोस् भावविह्वल बनाउने यो भिडियो
काठमाडौं । विबाह लगत्तै साउदी अरब गएका पतिलाई आफ्नो प्रेमीबाट आँफु गर्भवती भएको खबर लुकाउँदै आएकी पत्निले ७ वर्षपछि पतिलाई वास्तविकता बताएकी छिन् । खबर हो भारतको । उषा तिवारी नाम गरेकी २८ वर्षकी महिलाले विबाह अघि नै आँफु गर्भवती भएको तर विबाह भएको भोली पल्ट नै पति साउदी गएपछि उनको बच्चा पेटमा बढ्दै गएको र ७ वर्षपछि आएका पतिलाई आफ्ना प्रेमीबाट जन्मिएको बच्चा स्विकार्न उनले आग्रह गर्छिन् ।
उषाका पति अनिश तिवारीले सुरुमा परपुरुषबाट जन्मिएका बच्चालाई स्विकार गर्दैनन् । तर उनीहरु दुवै अनाथ भएको र एक अर्कालाई साथ दिन जरुरी भएको भन्दै उक्त बच्चा पनि अनाथ हुने भन्दै अनिशले आफ्नी पत्निबाट परपुरुषबाट जन्मिएको बच्चालाई स्विकार्न पुग्छन् । जुन दृश्यले धेरैलाई भावुक बनाएको छ ।
यो पनि पढ्नुहोस् : राष्ट्रपतिमा पराजित बोल्सोनारोको समर्थनमा प्रदर्शन, ट्रक तेस्र्याएर राजमार्ग अवरुद्ध रियो दि जेनेरियो÷ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको समर्थनमा ट्रक चालक र अन्य प्रदर्शनकारीहरूले राजमार्ग अवरुद्ध गरेका छन् ।
सोमबार सम्पन्न निर्वाचनमा पराजय चाखेका बोल्सोनारोको समर्थकहरुले लगातार दोस्रो दिन मंगलबार राजमार्ग अवरुद्ध गरेका हुन् । निर्वाचनमा वामपन्थी नेता लुइज इनासिओ लुला दा सिल्भा विजयी भएका छन् । अर्कोतर्फ बोल्सोनारोले आफ्नो पराजय स्वीकार गरेका छैनन् ।
ब्राजिलका २७ राज्यमध्ये २३ राज्यमा २५० भन्दा बढी अवरोध खडा गरिएका संघीय राजमार्ग प्रहरी (पीआरएफ)ले जनाएको छ । सोमबार राति प्रदर्शनकारीले देशको मुख्य अन्तर्राष्ट्रिय हव साओ पाउलोको गुआरुलहोस विमानस्थलबाहिरको सडक अवरोध गर्दा उडानहरू रद्द भएका थिए ।
त्यसपछि यी प्रदर्शन तितरवितर भएका छन् । रियो दि जेनेरियोलगायतका प्रमुख सहर जाने मार्ग पनि अवरोध भएका थिए । ‘साओ पाउलोको एउटा पुलमा ‘लुला चाहिँदैन’ लेखेको व्यानर टाँसिएको छ ।