संसद पुर्नस्थापना हुनेमा ठूलो खेल चलिरहेको गन्ध आइरहेको छ : प्रचण्ड — OSNepal

संसद पुर्नस्थापना हुनेमा ठूलो खेल चलिरहेको गन्ध आइरहेको छ : प्रचण्ड

LC (KTM) June 28, 2021 0

काठमाडौँ १४ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको राजनीतिक परिस्थिती निकै जटिल मोडमा पुगेको बताएका छन् । आज सोमबार बुद्धिजिवीहरूले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

नेपालीले आफ्नो निर्णय आफैँ गर्ने वातावरण बनाउनु नै आजको आवश्यकता रहेको बताएका प्रचण्डले भने, “नेपालीहरूको निर्णय नेपालीले नै गर्न पाउनुपर्छ । यहाँ कुनै किसिमको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप हुन नपाओस् भनेर सर्तक पनि गराएका थियौँ । आजको आवश्यकता पनि यही हो ।”

कार्यक्रमा प्रचण्डले संसद पुर्नस्थापना हुने विश्वास पनि गरेका छन् । “संसद् पुनर्स्थापना हुन्छ । सबै तथ्य, प्रमाण नजिर हेर्दा संसद् पुनर्स्थापना हुने कुरामा आशंका गर्ने ठाउँ त छैन । तर, अझै विश्वस्त हुन सकेको छैन । अझै ठूलो खेल चलिरहेको गन्ध पनि आउँछ मलाई । पुनर्स्थापना मात्रैले समस्याको हल नहुन पनि सक्छ ” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर