तीन नाति–नातिना भएकी हजुर आमासँग के देखेर विबाह गर्न राजी भए यी १९ वर्षका युवक ? — OSNepal

तीन नाति–नातिना भएकी हजुर आमासँग के देखेर विबाह गर्न राजी भए यी १९ वर्षका युवक ?

LC (KTM) October 31, 2022 0

काठमाडौं । विबाहका लागि उपयुक्त उमेर कति हो ? नेपालमा विबाह २५ देखि ३५ वर्षको हाराहारिमा बढी मात्रामा गर्ने गरिन्छ । तर दुनियाभरमा यस्ता रमाइला र रोचक किस्साहरु छन् जुन बृद्ध महिलासँग भर्खरका पुरुषहरु विबाह गर्न राजी छन् भने कतिपय अवस्थामा भर्खरकी युवतीसँग बृद्ध पुरुषहरु राजी भएका कैयौँ घटनाहरु छन् ।

जसमध्ये हालै बाहिर आएको अर्को दृश्य हो १९ वर्षका युवक र तीन नाति–नातिना भएकी ५६ वर्षकी हजुरआमाबिचको इन्गेजमेन्टको किस्सा । खबर हो थाइल्याण्डको । जहाँका १९ वर्षका वितिचाई चन्तराजले आफ्नी ५६ वर्षकी भावी श्रीमतीलाई लगभग १० वर्ष अघि भेटेका थिए ।

त्यतिबेला ती महिला थाइल्याण्डको साखोन नाखोन प्रान्तमा ती युवकको छिमेकी बन्न आइन् । सम्बन्धविच्छेद भइसकेकी ती महिलाको घरमा १० वर्ष अघि खेल्न जाने ति बालक अहिले जवान भएर उनैसँग विबाह गर्न राजी भएका छन् । वितिचाई १७ वर्षका पुगे तब जान्लाप्रति उनको आकर्षण बढेपछि उनीहरु विबाहका लागि तयार भएको बताइन्छ । वितिचाईले आफ्नो भावना व्यक्त गरेपछि यी दुई जोडीको रुपमा बस्न थाले ।

यी दुईले यस वर्षको सुरुमा मात्रै आफ्नो परिवारलाई आफूहरुबीचको रोमान्सबारे जानकारी दिए । यी दुईको प्रेमकथा थाइल्याण्डमा हेडलाइन बनेको छ । जान्लाले आँफुलाई १९ वर्षको केटो वितिचाई निकै मन पर्ने र उ आफ्ना लागि एक सुपरहिरोजस्तै भएको बताएकी छिन् ।

उनी भन्छिन् उनले मलाई सधैँ सहयोग गर्छन् । जब उनी हुर्किँदै गए तब हामीबीच एक–अर्कामा भावना विकसित भयो त्यसपछि विबाह गर्ने आजको मोडसम्म आइपुग्यौँ र हामीले खुशीसाथ इन्गेजमेन्ट गरेका हौँ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर