भरतपुर, १३ कात्तिक । चुनावी सभामा एक्कासि अचेत भएका नेपाली कांग्रेसका नेता डा शंशाक कोइरालाको स्वास्थ्यमा सुधार आएको छ ।
पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारसमेत रहेका डा कोइराला आइतबार दिउँसो अचेत भएपछि उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको थियो ।
उपचारमा संलग्न पुरानो मेडिकल कलेजका निर्देशक डा मनोहर प्रधानले अहिले कोइरालाको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको बताए । कोइराला नवलपरासीको अमरापुरीमा आयोजित चुनावी कार्यक्रममा आइतबर दिउँसो अचेत भएका थिए ।
यो पनि पढ्नुहोस् : जनमतलाई केपी ओलीले अपमान गरे भन्दै गर्जिए घनश्याम भुसाल : नेकपा एमाले परित्याग गरी रुपन्देही १ मा सत्तारुढ गठबन्धनको
म्मेदवार बनेका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले अघिल्लो निर्वाचनमा पाएको जनमतको अपमान गरेको टिप्पणी गरेका छन् । ुअघिल्लो निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लड्दा झण्डै दुई तिहाइ जनमत हासिल भएको थियो, तर ओलीले त्यसलाई आफ्नो दाइजो ठानेर जनमतकै अपमान गरे,ु भुसालले भने ।
रुपन्देहीको रोहिणीमा गठबन्धनको सम्पर्क कार्यालय उदघाटन गर्दै नेता भुसालले यस्तो बताएका हुन् । प्राप्त जनमतलाई तत्कालीन नेकपाका अध्यक्ष ओलीले दाइजो जस्तो नठानेको भए नेकपा विभाजन नहुने भुसालको तर्क छ । धेरै समय ओलीकै आलोचनामा खर्चिएका भुसालले नेकपा जस्तो विशाल पार्टीलाई ध्वस्त पार्ने काम ओलीले नै गरेको आरोप लगाए ।
नेता भुसालले ओलीमा राणाहरुको जस्तो दम्भ भएको बताए । ओलीको दम्भकै कारण कैंयौं निष्ठावान नेताको भविष्य समाप्त भएको भुसालको टिप्पणी थियो । निष्ठावान नेताहरुलाई ओलीले चुनावमा टिकटसमेत नदिएको प्रति संकेत गर्दै ओलीको एकल निर्णयले पार्टीमा विधि र नीति कायम गरेका नेताहरुलाई पाखा लगाएको भुसालले तर्क गरे ।
नेपालमा विश्वकै उत्कृष्ट संविधान बनेर देश समृद्धिको दिशामा लाग्न थालेको बेला संसद र संविधानमाथि नै प्रहार गरेर ओलीले देशमा अस्थिरता निम्त्याएको उनको भनाइ छ । दुई पटक संसद विघटन गर्ने ओली नेतृत्वको एमालेमा रहेका नेताहरुले जनताको घर दैलोमा भोट माग्नु लज्जाको विषय हुने उनको तर्क छ । ुसंविधान विघटन गर्नेहरुलाई भोट माग्न आउँदा प्रश्न गर्नुहोला, संविधान च्यात्नेलाई भोट दिने कि संविधानको रक्षा गर्नेलाई उनले भने ।
त्रिभुज चुनाव चिह्न लिएर उम्मेदवार बनेका भुसालले मुलुकको समग्र विकासको लागि राजनीतिक स्थिरता र संविधानको कार्यान्वयन नै पहिलो शर्त भएको बताए । कार्यक्रममा रुपन्देही(१ को प्रदेश सभा ९१० का उम्मेदवार विश्वनाथ यादव र ९२० का अब्दुल रज्जाकले पनि संविधानको रक्षा र उचित कार्यान्वयनका लागि पाँच दलीय गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरे । रुपन्देही १ मा एमालेका सचिव छविलाल विश्वकर्मा र एमालेबाट विद्रोह गरेका अर्का नेता टिकाराम चापागाईं प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् ।