हाम्रो टिम नेपालका अभियान्ता विमल पन्तसहित १८ जना प्रहरीको नियन्त्रणमा — OSNepal

हाम्रो टिम नेपालका अभियान्ता विमल पन्तसहित १८ जना प्रहरीको नियन्त्रणमा

LC (KTM) June 28, 2021 0

काठमाडौँ १४ असार । हाम्रो टिम नेपालका अभियान्ता विमल पन्तसहित १८ जनालाई आज सोमबार प्रहरीले पक्राउ गरेको छ । कोरोना संक्रमण फैलिएसँगै सरकारले गरेको निषेधाज्ञाको समयमा खाना खुवाउँदै हिडेका अभियान्ताहरुलाई आज पक्राउ गरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए अनुसार हाम्रो टिमले अनामनगरमा प्रयोग गर्दै आएको टहरा खाली गराउने क्रममा विरोध भएपछि उनीहरुलाई पक्राउ गरिएको हो । उक्त टहरामा महानगरपालिकाले पार्क बनाउने भनेपछि टहरा खाली गर्न भनिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर