क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्कोमा रहेका नेपालीले नेपाल सम्वत् ११४३ झि न्यूदया भिन्तुनाको उपलक्ष्यमा गत शुक्रबार सांस्कृतिक कार्यक्रमको आयोजना गरि भंब्य रुपले मनाएका छन् ।
समाजसेवी तथा व्यवसायीद्वय नारायण सोमनामी र चिनीकाजी श्रेष्ठको संयुक्त प्रमुख आतिथ्यमा सम्पन्न सांस्कृतिक कार्यक्रममा सहभागीहरुले नेपाल सम्वत् नेपाली मात्रको मौलिक सम्वत् भएकाले संसारमा जहाँसुकै रहेका नेपालीले यसको सम्मान गर्नु पर्ने धारणा राखे ।
‘झि न्यूदया भिन्तुनाका नामले मनाइएको यो पहिलो कार्यक्रममा एक सयभन्दा बढी नेपालीको सहभागिता रहेको मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेले ईनेप्लिजलाई बताए ।
कार्यक्रमका वक्ताहरुले भर्खरै दिवंगत भएका संस्कृतिविद् शताव्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली प्रकट गर्दै नेपालीको पहिचानका लागि एकीकृत ढंगले अघि बढे मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली प्रकट हुने धारणा राखेका थिए ।प्रशान्त मानन्धर र अमृत कर्माचार्यको नेतृत्वमा कार्यक्रमको आयोजना गरिएको थियो ।
तस्बिर : गोविन्द (हिमालयन ट्राभल )