प्रचण्डको काम देश बर्बाद गर्नु मात्र हो : ओली — OSNepal

प्रचण्डको काम देश बर्बाद गर्नु मात्र हो : ओली

LC (KTM) June 28, 2021 0

काठमाडौं १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको काम देश बर्बाद गर्नु मात्र रहेको बताएका छन् । आज सोमबार जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्तीमा बालुवाटारमा आयोजित एक कार्यक्रममा पार्टीका अध्यक्ष समेत रहेका ओलीले प्रचण्डलाई पनि सही लोकतान्त्रिक मार्गमा ल्याउन जरुरी भएको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

प्रचण्डको काम देश बर्बाद बनाउने हो । त्यस्ता मान्छेलाई गुरु थापेर केही नेता हिँडेका छन् । होईन, उनीहरुलाई प्रचण्डपथमा हिँड्नु किन परेको होला ? अचम्म लाग्छ । प्रचण्डलाई पनि सही लोकतान्त्रिक मार्गमा ल्याउन जरुरी छ । सिके राउत, विप्लवलाई सही मार्गमा ल्याएकै हो ’ कार्यक्रममा ओलीले भने ।

यता मधाव नेपाल प्रचण्डको पुच्छर समेत भएको बताएका छन् । प्रचण्डलाई छेपारोसँग तुलना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर